Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 9th September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.78 74.15 74.75
युरो 93.66 94.13 95.54
पाउण्ड स्र्टर्लीङ्ग 113.82 114.39 115.53
बिस्तृत
परिचय

 नेपाल एसबिआई बैंक लि. नेपालको वित्तीय क्षेत्रमा नेपाल-भारत संयुक्त लगानीमा स्थापित पहिलो बैंक हो । स्टेट बैंक अफर् इण्डिया -एस.बि.आई.), कर्मचारी संचयकोष र कृषि विकास बैंक लि. नामका तीन संस्थागत संस्थापकहरु विच वि.सं. २०४९ साल श्रावण २ गते एउटा सहमतिपत्रमा हस्ताक्षर भएसँगै बैंकको प्रार्दुभाव भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा प. लि. नं. १७(४९/५० अर्न्तर्गत वि.सं.२०५० साल बैशाख १६ गते रु.१२ करोड अधिकृत पूँजी सहित पब्लिक लिमिटेड कम्पनीको रुपमा बैंकको विधिवत् संस्थापना भई नेपाल राष्ट्र बैंकबाट वि.सं. २०५० साल आषाढ २२ गते इजाजतपत्र नं. ने.रा.बैर्.र्/इ.प./७/२०४९/५० मार्फ बैंकले बैंकिङ्ग कारोबार संचालनका लागिर् इजाजतपत्र प्राप्त गरेको थियो । बैंकले दरबारमार्ग, काठमाण्डौमा अवस्थित १८ जना कर्मचारी सहितको सम्पूण सुविधा सम्पन्न मुख्य शाखामार्फ वि.सं. २०५० साल आषाढ २३ गते देखि आफ्नो कारोबार शुभारम्भ गरेको थियो । हाल बैंकमा कर्मचारीहरुको संख्या ५११ पुगेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अर्न्तर्गत नेपाल राष्ट्र बैंकले बैंकलाई "क" वर्गकोर् इजाजतपत्रप्राप्त संस्थाको रुपमा वर्गीकृत गरी वि.सं. २०६३ साल बैशाख १३ गते नयार्ँर् इजाजतपत्र संख्या ने.रा.बैंकर्/इ.प्रा./क/७/०६३/६३ प्रदान गरेको छ । हाल बैंकको अधिकृत,जारी तथा चुक्ता पूँजी क्रमशः रु. २०० करोड,रु.१६६.१६ तथा रु. १६५.३६ करोड रहेको छ । एस.बि.आई. र बैंकबीच सम्पन्न प्राविधिक सेवा सम्झौता बमोजिम एस.बि.आई. ले आफ्ना ३ जना अधिकारीहरु -बैंकको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा समेत कार्य गर्ने प्रबन्ध संचालक लगायत) मार्फ बैंकलाई व्यवस्थापन सहायता प्रदान गर्ने गर्दछ । प्रबन्ध संचालक, प्रमुख संचालन अधिकृत, प्रमुख वित्तीय अधिकृत र सहायक महाप्रबन्धक -कर्जा) सम्मिलित केन्द्रीय व्यवस्थापन समिति नामक एउटा उच्च व्यवस्थापन टोलीले बैंक सञ्चालनसँग सम्बन्धित समग्र काम कारोबारहरुको रेखदेख गर्ने गर्दछ ।

कृषि विकास बैंक लि. ले आफूले धारण गरेको सम्पर्ण् ५ प्रतिशत शेयर वि.सं. २०६६ साल जेष्ठ ३१ गते एस.बि.आई. लाई बिक्री गरी बैंकको शेयर पूँजीबाट आफ्नो लगानी झिके पश्चात् संयुक्त लगानीको बैंकको रुपमा रहेको बैंकको संस्थागत हैसियत परिवर्तन भई अहिले बैंक एस.बि.आई. को विदेशी सहायक कम्पनी बन्न पुगेको छ । हाल बैंकको कुल चुक्ता पूँजीमा एस.बि.आई. को ५५ प्रतिशत, कर्मचारी संचय कोषको १५ प्रतिशत र र्सवसाधारण शेयरधनीहरुको ३० प्रतिशत हिस्सा रहेको छ ।

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol