एटिम जिज्ञासा
एटीएम सम्बन्धी बारम्बार सोधिने प्रश्नहरुः
नेपाल एसविआई बैंकको भिसा डेविट कार्ड नै किन-
सरल भुक्तानी प्रकृया
सहज संचालन
आपतकालीन प्रयोग
यात्राको निम्ती उपयोगी
सुलभ तथा उत्कृष्ट रुपमा भारतका १५००० भन्दा बढी एटिएम हरुमा अतुलनिय पहँुच
प्रतिष्ठा
नँया तथा उच्च प्रविधिको उपयोग
सस्तो र कम खर्चमा कार्ड लिन एवं नगद निकाल्न सकिने
नेपाल एसविआई बैंकले कस्ता प्रकारका कार्डहरु प्रदान गर्दछ - हामी भिसा डेविट कार्ड तथा प्रिपेड कार्ड उपलब्ध गर्दछौ ।
नेपाल एसविआई बैंकको डेविट कार्ड कसरी प्राप्त गर्न सकिन्छ - नेपाल एसविआई बैंकको डेविट कार्ड प्राप्त गर्न हाम्रो २० शाखाहरु मध्ये कुनैपनि शाखामा खाताबाल सदस्यहरु पासपोर्ट साइजको फोटो १ प्रति सहित उपस्थित भइ कार्ड प्रदान गर्ने निवेदन फारम भर्न सक्नुहुनेछ । निवेदन स्वीकार वा अस्वीकार गर्ने सम्पर्ूण्ा अधिकार बैंकमा निहित रहने छ । कार्ड प्राप्त गर्ने निवेदन फारम हाम्रो सम्पर्ूण्ा शाखाहरुमा उपलब्ध रहेको छ ।
सम्बन्धित शाखामा पहिलो पटक निवेदन दिएको कति समयमा कार्ड सुविधा प्राप्त गर्न सकिन्छ -
यदि भिसा डेविड कार्ड भएमा १५ दिन भित्रमा तयार हुनेछ ।
यदि प्रिपेड कार्ड भएमा तँपाइ तुरुन्त प्राप्त गर्न सक्नुहुनेछ ।
कार्ड कति समय सम्मको निम्ती प्रयोग गर्न सकिन्छ -
यो कार्ड ५ बर्षो निम्ती प्रयोग गर्न सकिन्छ ।
समय अवधि सकिएको कार्डको सट्टा के अर्को नँया कार्ड प्राप्त गर्न सक्छु -
कार्डको समयावधि सकिएको खण्डमा तँपाइले नयँा कार्ड प्राप्त गर्न सक्नुहुनेछ । तर भारत यात्रा कार्डको सर्न्दर्भमा कार्ड नविकरणको सुविधा रहेकेा छैन । तँपाइसंग रहेको कार्डको समयावधि सकिएपछि तँपाइ फेरि नँया कार्ड खरिद गर्न सक्नुहुनेछ ।
के म आफ्नो इच्छाले कार्ड सुविधा बन्द गर्न सक्छु -
ग्राहकको चाहना अनुरुप कार्ड सेवा कुनै पनि समयमा बन्द गर्न सकिन्छ ।
के सामान्य भिसा डेविट कार्ड र प्रिपेड कार्डमा केही भिन्नता रहेको छ -
भिसा डेविट कार्डको अगाडी ग्राहकको नाम लेेखिएको हुन्छ भने प्रिपेड कार्डमा "भारत यात्रा" छापिएको हुन्छ । साथै भिसा डेविटकार्डको निम्ती नेपाल एसविआई बैंकमा खाता रहेको हुनर्ुपर्दछ । तर प्रिपेड कार्डको निम्ती खाता रहनु आवश्यक छैन । सो बाहेक अन्य सुविधाहरु सामान्य भिसाकार्ड सरह नै रहेको छ ।
यी कार्डहरु कँहा प्रयोग गर्न सकिन्छ -
नेपाल एसविआई भिसा डेविट कार्ड तथा प्रिपेडकार्ड नेपाल तथा भारतमा नगद प्राप्त गर्न तथा सरसामान खरिद गर्नको निम्ती प्रयोग गर्न सकिन्छ ।
नँया कार्ड प्राप्त गर्नको निम्ती मैले कति शुल्क भुक्तानी गर्नुपर्दछ -
पहिलो पटकको लागि तँपाइले सामान्य भिसा डेविटकार्डको निम्ती रु ३००।- र प्रिपेड कार्डको निम्ती रु ५००।- भुक्तानी गर्नु पर्दछ ।
कार्ड हराएमा वा चोरी भएमा के गर्ने -
कार्डको दुरुपयोग हुनबाट रोक्न कृपया नेपाल एसविआइ बैंकमा तुरुन्त खबर गर्नुहोला । साथै तपाइले लिखित निवेदन सकेसम्म चाँडो पठाउनुपर्ने हुन्छ । स्मरण रहोस हराएको/चोरी भएको खण्डमा बैंकलाई जानकारी दिनुपर्ूव भएका सम्पर्ूण्ा कारबारहरुको पर्ूण्ा जिम्मेबार तँपाइ स्वंय रहनुहुनेछ । लिखित निवेदन तथा लाग्ने शुल्क भुक्तानी गरेपछि बैंकले तँपाइलाई हराएको/चोरी भएको कार्डको सट्टामा अर्को कार्ड प्रदान गर्नेछ । तथापी भारत यात्रा कार्डको सर्न्दर्भमा अर्को कार्ड प्राप्त गर्न सकिने छैन ।
ग्राहकबर्गले ज्इत् ीष्कतष्लन या ऋबचमक को लागि हाम्रो बैंगलौरमा रहेकेा कल सेन्टरको निम्न नं. मा सिधै सर्म्पर्क गर्न सक्नुहुन्छ ।
टोल नम्बर ः १८००११२२११-भारतबाट एमटिएनएल/विएसएनएल लाइनहरुबाट)
टेलिफोन नम्बर ः �९१ ८० २६५९९९९० -मोबाइल तथा विदेशबाट)
पिन नं. विर्सिएको अबस्थामा के गर्ने -
यो अबस्थामा नँया पिन बन्दछ जुन तँपाइले १५ दिन भित्र प्राप्त गर्न सक्नुहुनेछ । तर तँपाइले यसको लागि आफ्नो सुविधा अनुसार जुन शाखामा कार्डको निम्ती निवेदन दिनुभएको हो सोही शाखामा वा कार्ड सेन्टर काठमाण्डौमा लिखित निवेदन पेश गर्नुपर्ने हुन्छ ।
एटीएम मेशीन भित्र कार्ड फसेमा कसरी कार्ड निकाल्न सकिन्छ -
यस्तो अबस्थामा तँपाइले एटीएम मेशिन रहेको नजिकको बैंकको शाखा कार्यालयमा वा कार्ड सेन्टरमा सोही दिन सर्म्पर्क गरि कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
कार्डकोे प्रयोग गरि अधिकतम कति रकम झिक्न सकिन्छ -
एसविआई डेविट कार्डको प्रयोग गरि तँपाइले एक दिनमा अधिकतम रु ४०,०००।- सम्म रकम झिक्न सक्नुहुनेछ । तर सरसामान किनमेल वा अन्य सेवा वापत कार्ड मार्फ भुक्तानी गर्नुपरेमा प्रतिदिनको अधिकतम सिमा रु १,००,०००।- रहेको छ ।
प्रत्येक पटक रकम झिक्दा वा कार्ड मार्फ कारोबार गर्दा कति शुल्क लाग्दछ -
यस्तो शुल्क निम्नानुसार लाग्ने छ ।
यदी तँपाई नेपाल एसविआई बैंक कै एटीएम मेशिन प्रयोग गर्नु हुन्छ भने निम्न कारोबार गर्न कुनै किसिमको शुल्क लाग्दैन ।
� नगद झिक्न
� खाातामा रहेको नगद मौज्दात बुझ्न
� खाताको संक्षिप्त विबरण प्राप्त गर्न
� पिन नम्बर परिवर्तन गर्न
यदी तँपाई नेपाल तथा भारतमा रहेका भिसा आबद्ध एटीएम मेशिनको प्रयोग गर्नुहुन्छ भने प्रत्येक पटक नगद झिक्न रु १००।- तथा खातामा रहेको नगद मौज्दात बुझ्न रु २५।- शुल्क लाग्दछ ।
यदी तँपाई भारतमा स्टेट बैंक नेर्टवर्क आबद्ध एटीएम मेशिनको प्रयोग गर्नुहुन्छ भने प्रत्येक पटक नगद झिक्न रु ८०।- शुल्क लाग्दछ । तथा सोही नेर्टवर्कको प्रयोग गरी खातामा रहेको नगद मौज्दात बुझ्न कुनै शुल्क लाग्दैन ।
साथै सरसामान किनमेल वा अन्य सेवा वापत कार्ड मार्फ भुक्तानी गर्नुपरेमा कुनै शुल्क लाग्दैन ।
के मैले हालको कार्डलाई आफ्नो नँया खातासंग सम्बन्द्ध गराउन सक्छु -
धेरै खाताहरुलाई एकै कार्डसंग सम्बद्ध गराउन सकिन्छ । यसको लागि तँपाइले आफ्नो कार्ड नम्बर, नाम, पुरानो खाता नम्बर र नँया खाता नम्बर उल्लेखित निवेदन बैंकको कार्ड सेन्टरमा बुझाउनु पर्दछ । -खाताको प्रकार जस्तैः बचत, चल्ती उल्लेख गर्नुपर्दछ )
के ग्राहकले आफ्नो कार्डलाई ओभरड्राफ्ट खातासंग सम्बद्ध गर्न सक्दछ -
हाल सम्म सो प्रकारको व्यबस्था रहेको छैन ।
के कुनै संयुक्त खातावालले नेपाल एसविआई भिसा कार्ड प्राप्त गर्न सक्दछ -
कुनै एक खाताबालाले संचालन गर्न सक्ने संयुक्त खाताको लागि एक वा दुवै खाताबाललाई यस्तो कार्ड उपलब्ध गराउन सकिनेछ । तर यसको लागि खाताबालहरुको लिखित मञ्जुरीको आवश्यकता पर्दछ ।
-यदी तँपाइलाई नेपाल एसविआई बैंकको भिसा डेविटकार्डको सम्बन्धमा अन्य जानकारी चाहिएमा कृपया तलको माध्यमहरुबाट बैंकसंग सर्म्पर्क राख्न सक्नुहुनेछ ।)
इमेल ठेगाना ः ब tm२लकद।अिom।लउ
फोन नं. ः ९७७-०१-४२२५३२६
|