संस्थागत सामाजिक दायित्व
नेपाल एसबिआई बैंकद्वारा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,थापाथलीलाई एम्बुलेन्स सहयोग
श्रावण ३१,२०६७
नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई सौजन्य स्वरुप एम्बुलेन्स प्रदान गरेको छ ।अस्पताल प्रांगणमा आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष श्री बालकृष्ण श्रेष्ठबाट एम्बुलेन्सको साँचो तथा कागजपत्र अस्पतालका निर्देशक डा. लता बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा बैंकका प्रबन्ध निर्देशक श्री एन. के. चारी लगायत अन्य संचालकहरु र बैंक तथा अस्पतालका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंकको यो प्रयासले साधारण जनमानसको प्रसूति सम्बन्धी आकस्मीक उपचारमा केही हदसम्म भएपनि सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ ।
समुदायको प्रगति र विकासको सहभागीको रुपमा नेपाल एसबिआई बैंक आफ्नो सामाजिक उत्तरदायित्व प्रति सदैव सचेत रहेको छ साथै आगामी दिनहरुमा पनि यसप्रकारको सामाजिक दायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
 |
| नेपाल एसबिआई बैंकद्वारा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,थापाथलीलाई एम्बुलेन्स सहयोग |
नेपाल एसबिआई बैंक पाल्पाको सामाजिक उत्तरदायित्व कार्यक्रम
जेठ १४,२०६७
नेपाल एसबिआई बैंक,पाल्पा शाखाले आफ्नो सामजिक दायित्व कार्यक्रम अन्तर्गत हालै मदानपोखरा गा.वि.स-६ स्थित दामकाडा उच्चमाविलाई सहयोग गरेको छ। मिति २०६७-०२-१४मा विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकको पाल्पा शाखाका शाखा प्रबन्धक श्री जे.एन. घिमिरेले रु.१५०००को चेक विद्यालयका प्रधानाध्यापकलाई प्रदान गर्नुभयो। उक्त रकम विद्यालयको भौतिक संरचनाको निर्माणमा खर्च हुनेछ। यस अवसरमा बैंकका कर्मचारीहरुले २०६७-०२-१५मा विद्यालयको भ्रमण गरी विद्यालयमा अध्य्यरत दृष्टिविहिन छात्र/छात्रासंग समयबिताउनुको साथै उनीहरुसंग खाना खाएकाथिए।
नेपाल एसबिआई बैंकको बागेश्वोरी मंदिर नेपालगंजमा सरसफाई कार्यक्रम बैशाख १८,२०६७
नेपाल एसबिआई बैंक नेपालगंज शाखाले गत बैशाख १८ मा स्थानीय बागेश्वोरी मंदिरमा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो। बाँके तथा वरपरका जिल्लाहरुमा प्रसिद्द उक्त मंदिरमा बैंकका कर्मचारी आफैले मंदिर परिसर सरसफाई गर्नुका साथै गरीब तथा अशक्त ब्यक्तिहरुलाई निशुल्क खाना बितरण पनी गरेको थियो।
नेपाल एसबिआई बैंक लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम जेठ २,२०६७ नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पहल अन्तर्गत, श्री शिवपुरी माध्यमिक विध्यालय, महाराजगंजलाई एक सेट कम्प्युटर प्रदान गरेको छ / सोहि स्कुलमा सम्पन्न एक कार्यक्रमक बीच बैंकका संचालक समिति अधक्ष्य श्री बि के श्रेष्ठ ले स्कुलका संचालक समितिका अधक्ष श्री देवराज रेग्मीलाई उक्त कम्प्युटरसेट हस्तान्तरण गर्नु भएको थियो / समारोहमा बैंकका स्थानीय संचालकहरु, प्रबन्ध निर्देशक लगायतका उच्चपदस्थ अधिकारीहरु साथै स्कुलका समस्त शिक्षक तथा बिध्यार्थीहरुको उपस्थिति रहेको थियो / स्कुलले चाडैनै संचालनमा ल्याउन लागेको इन्टरनेट सुबिधायुक्त "जानकारी केन्द्र" को लागि उक्त कम्प्युटर प्रदान गरिएको हो/ केन्द्रले स्कुलका शिक्षक तथा बिध्यार्थीहरुको लागि आधारभूत कम्प्युटर शिक्षा प्रदान गर्ने उद्धेश्य राखेको छ / समुदायको प्रगतिमा सहयोगीको रुपमा आफुलाई उभ्याएको नेपाल एसबिआई बैंकले बिगतमा पनि यसप्रकारको सामाजिक कल्याण को गतिबिधिमा संलग्न रहिआएको छ र आगामी दिन हरुमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्दता ब्यक्त गर्दछ /
 |
|
 |
|
नेपाल एसबिआई बैंकको संचालक समितिका अधक्ष्य श्री बि के श्रेष्ठबाट शिवपुरी माध्यमिक विध्यालयको संचालक समितिका अधक्ष्य श्री देव राज रेग्मीलाई कम्प्युटर सेट हस्तान्तरण हुदै |
|
नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक श्री एन के चारीलाई शिवपुरी माध्यमिक विध्यालयको संचालक समितिका अधक्ष्य श्री देव राज रेग्मीबाट प्रशंसा पत्र प्रदान हुदै |
|