चल्ती खाता
१. चल्ती खाताका प्रकारहरु ः
यो खाता बिशेष गरेर व्यबसायीक कारोबार गर्नको निम्ती तयार गरिएको हो । यो खातामा जतिपनि पटक रकम निकाल्न वा राख्न सकिन्छ । यो खातामा व्याज प्रदान गरिदैन ।
२. चल्ती खाता कसले खोल्न पाउँछ -
बैंकको स्वीकृती लिई चल्ती खाता खोल्न सकिनेछ ।
कुनै पनि व्यक्तिले आफ्नो नाममा वा अरु व्यक्तिसँग सयुक्त रुपमा
र्फम, क्लब तथा सामाजिक संस्थाको नाममा
प्राइभेट तथा पब्लिक लि. कम्पनीहरुको नाममा
गुठी-ट्रष्टी), लिक्विडेटर आदिको नाममा
अन्य कुनैपनि संस्थाको आदिको नाममा
३. नयँा ग्राहकको निम्ती परिचयकर्ता ः
नयँा खाता संचालनको निम्ती बैंकमा पहिले नै खाता भएको खातावालले परिचयक दिनु आवश्यक रहेको छ । परिचयकर्ता बैंकमा उपस्थित हुन नसक्ने अबस्थामा परिचयकर्ताको हस्ताक्षर ग्राहक सेवा केन्द्रद्धारा जाँच गरिने छ र सम्भव भएसम्म परिचयकर्तासँग लिखित वा टेलिफोन मार्फ जानकारी पक्का गरिनेछ ।
४. चल्ती खाता खोल्नको निम्ती आबश्यक पर्ने कागजपत्रहरु ः
व्यक्तिको निम्ती ः
- नेपाली नागरिकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
- भारतीय नागरिकको हकमा राजदुताबासबाट दर्ताको प्रमाणपत्रको प्रतिलिपि, अन्यको हकममा पासपोर्टको प्रतिलिपि
- हालसालै खिचिएको पासर्पोट साइजका दर्ुइप्रति फोटो समेत संलग्न गर्नुपर्नेछ ।
- एकलौटी व्यबसायको निम्तीः
एकलौटी व्यबसायको प्रमाण ।
- नविकरण गरिएको संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
- नविकरण गरिएको करमा दर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
- खाता संचालक/संस्थापक को पहिचानपत्रको प्रतिलिपी ।
- हालसालै खिचिएको पासर्पोट साइजका दर्ुइप्रति फोटो समेत संलग्न गर्नुपर्नेछ ।
साझेदारी व्यबसायको निम्तीः
- सबै साझेदार हरुको हस्ताक्षर रहेको पत्र ।
- साझेदारीको प्रमाणीक प्रतिलिपी ।
- साझेदारी दर्ताको प्रमाणित प्रतिलिपी ।
- खाता संचालक र सबै साझेदारहरुको पहिचानपत्र ।
- कर दर्ता/नविकरणको प्रमाणपत्रको प्रतिलिपी ।
|