शिक्षा कर्जा योजना
यो कर्जा योजना र्सार्क मुलुक तथा बिदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने तथा योग्य बिद्यार्थीलाई लक्षीत गरि ल्याइएको हो ।
ब्याजदर ः बाषिर्क ११ प्रतिशत त्रैमासिक रुपमा-समयानुसार परिवर्तन गर्न सकिनेछ)
कर्जा भुक्तानी कार्यक्रम
भुक्तानी शुरु हुने अवधि ः अधिकतम ५ बर्षवा निर्धारित पर्ढाई अवधि जुन अगाडी हुन्छ सोही ।
कर्जा भुक्तानी ः भुक्तानी शुरु भएको अवधि पछि बराबर मासिक किस्ताको रुपमा कर्जा भुक्तानी गर्नुपर्नेछ ।
कर्जा भुक्तानी शुरु हनु अगावैको ब्याजदर ः विद्यार्थीको अभिभावक/आमाबुबाले त्रैमासिक रुपमा भुक्तानी शुरु हुनु अगावै व्याज तिर्दै जानु पर्नेछ ।
अध्ययन बिचमा छुटेमा वा अध्ययन पुरा गर्न ढिलो भएमा ः यदी अध्ययन बिचमा छुटेमा वा अध्ययन पुरा गर्न ढिलो भएमा पुरै कर्जा एक महिना भित्र एकमुष्ट रुपमा कर्जा भुक्तानी गर्नुपर्दछ ।