मुद्यती निक्षेप खाता
१. मुद्यती निक्षेप खाताका प्रकारहरु ः
यो योजनाले ग्राहकले निश्चित समय सम्म आवश्यक नपर्ने भनि विश्वास लिएको रकममा उच्च व्याज पाउने अबसर दिन्छ । यो योजना अर्न्तर्गत बचत खाताको तुलनामा बढी व्याज प्रदान गर्दछ । मुद्यतीमा राखेको रकमको आधारमा सो मा पाउने व्याजदर फरक रहेको छ । व्याजदर समयअनुसार फरक रहने छ ।
२. मुद्यती निक्षेप खाता कसले खोल्न पाउँछ -
कुनै पनि व्यक्तिले आफ्नो नाममा वा अरु व्यक्तिसँग सयुक्त रुपमा
अभिभावकहरुले नाबालक वा नाबालकहरुको संयुक्त रुपमा
प्राइभेट तथा पब्लिक लि. कम्पनीहरुको नाममा
गुठी-ट्रष्टी), लिक्विडेटर आदिको नाममा
अर्धसरकारी तथा अन्य संस्थाको आदिको नाममा
३. मुद्यती निक्षेप खाता खोल्न आवश्यक कागजातहरु ः
बचत तथा चल्ती खाता खोल्न आवश्यक पर्ने कागजपत्रहरु नै मुद्यती निक्षेप खाता खोल्न पनि आवश्यक पर्दछन । तर संस्थामा बचत/चल्ती खाता रहेको ग्राहकहरुको निम्ती सो कागजातहरु आवश्यक पर्दैनन् ।
|