Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 9th September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.78 74.15 74.75
युरो 93.66 94.13 95.54
पाउण्ड स्र्टर्लीङ्ग 113.82 114.39 115.53
बिस्तृत
बचत खाता

१. बचत खाताको प्रकृती

यो बचत योजना सहज तथा नियमित रुपमा रकम निकाल्न र खातामा जम्मा रहेको मौज्दात रकम अनुुुसार सोमा उचित व्याज प्रतिफल प्रदान गर्ने गरि ल्याइएको हो । बचत खाता रहेको कुनै पनि व्यक्तिले आफ्नो खातामा स्वतन्त्र रुपमा रकम जम्मा गर्न तथा निकाल्न पाउदँछ । सामान्यतया बैंकहरुले रकम तथा रकम निकाल्ने संख्यालाई नियन्त्रित गरेको हुन्छ ।

बचत खाता व्याज प्राप्त गर्न सकिने खाता हो । जुन मासिक रुपमा रहेको न्यूनतम मौजदातमा प्रदान गरिन्छ । यस बचत खाताको फाइदा के रहेको छ भने कुनै व्यक्तिले विभिन्न प्रकारको भुक्तानीको निम्ती यो खाता उपयोग गर्न सक्दछ र खातामा रहेको रकममा व्याज समेत प्राप्त गर्न सक्तछ । यो बचत योजना साना बचत संकलन गर्न र बैंकलाई समेत न्यूनतम लागतमा कोष जम्मा गर्न सकिन्छ जसमा बैंकले न्यूनतम मासिक बचतमा व्याज गणना गर्दछ । बचत खातामा अर्धबाषिर्क रुपमा ब्यााजको भुक्तानी गरिन्छ ।

२. बचत खाता कसले खोल्न सक्दछ -

बचत खाता व्यक्तिले एकल वा संयुक्त रुपमा खोल्न सक्दछ । व्यक्ति बाहेक आफ्नो आयमा कर छुट पाउने कुनै सामाजिक संघ संस्थाहरुले खोल्न पाउँदछन ।

३. नँया बचतकर्ताको निम्ती परिचयकर्ता

नँया बचत कर्ताको निम्ती पहिल्यै खाता भैरहेको परिचयकर्ताले परिचय दिनु आवश्यक रहेको छ । परिचयकर्ता बैंकमा उपस्थित भइ परिचय गराउनको निम्ती सुझाव दिइन्छ । यदी परिचयकर्ता बैंकमा उपस्थित हुन नसकेकेा खण्डमा परिचयकर्ताको हस्ताक्षर ग्राहक सेवाद्धरा परिक्षण गर्न र आबश्यक परेकेा खण्डमा टेलिफोन/पत्र मार्फ सोधपुक्ष समेत गर्न सकिने छ । परिस्थिती हेरेर अन्य शाखा वा बिस्तार गरिएका काउण्टरहरुमा पुराना खाता रहेका ग्राहकहरुले परिचयकर्ता विना पनि नँया बचत खाता खोल्न सकिने छ । सोको सम्पर्ूण्ा कानुनी प्रकृया सम्बन्धीत शाखा प्रमुख वा अधिकृतहरुले पुरा गर्नुपर्नेछ र सो गर्नुको कारण सम्बन्धीत कार्यालयमा स्पष्ट बिबरण समेत राख्नुपर्नेछ ।

४. बचत खाता खोल्नको निम्ती आवश्यक कागजपत्रहरु

व्यक्तिको निम्ती

  • नेपाली नागरिकको निम्ती ः नागरिकताको प्रमाणपत्र -बिस्तृत ठेगाना उल्लेख भएको)
  • भारतीय नागरिकको निम्ती ः भारतीय राजदुताबास, काठमाण्डौद्धरा प्रदान गरिएको परिचयपत्र/पासपोर्ट
  • अन्य बिदेशी नागरिकको न्ािम्ती ः आगमनको छाप लागेको बैधानीक भिसा सहितको पासपोर्टको प्रतिलिपी
  • हालसालै खिचिएको पासपोर्टर्र्साइजको दर्ुइप्रति फोटो पनि संलग्न गर्नुपर्नेछ ।

नाफा प्राप्त नगर्ने संस्थाहरु

विनियमपत्र तथा नियमावली, संस्था दर्ताको प्रमाणपत्र, संचालकहरुको नामावली, संचालकहरुको परिचयपत्र, खाता संचालन गर्ने संचालक समितीको निर्ण्र्ााो प्रतिलिपी, खाता संचालनको अधिकारको प्रतिलिपी आदि ।

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol