स्वस्थ बचत खाता
नेपालएसबिआई बैकले निशुल्क स्वास्थ परिक्षण सेवा सहितको नयाँखाता संचालनमा ल्याएको छ––स्वास्थ बचत खाता। यो सेवा अर्न्तगत खाता संचालनगर्ने ग्राहकमहानुभावहरुले यू एण्ड बी ईन्टरनेशनल हस्पिटल, नयाँबानेश्वर (शान्तीनगर गेट) द्धारा गरिने रु १,५०० बराबरको सामान्य स्वास्थ परिक्षण, दन्त परिक्षण तथा प्याथोलोजी सेवा प्राप्त गर्नसक्नु हुनेछ। यस बाहेक स्वस्थ बचत खाताका बिशेषताहरु निम्न रहेका छन्।
- दैनिक मौज्दातमा ३ % ब्याजदर त्रैमासिक रुपमा ब्याज प्रदान गरिने।
- निशुल्क खाता बिबरण प्रदान गरिने।
- निशुल्क अन्तर शाखा बैंकिङ्ग कारोबार।
- निशुल्क नेपालएसबिआई डेबिटकार्ड।
- निशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा।
- निशुल्क चेकबुक।
स्वस्थ बचत खाता न्युनतम मौज्दात रु २,००० मा नेपालएसबिआई बैंकको कुनैपनि शाखामा खोल्न सकिन्छ। यस सेवा अर्न्तगतका सुबिधा/छुट प्राप्तगर्न सम्पूर्ण कारोवारहरु सोही खाताबाट संचालन हुनु पर्ने छ।
|