वरिष्ठ नागरिक बचत
आफ्नो जीबनभरी परिवार, समाज र देशप्रती समर्पीत सेवाको सम्मानमा, ५० बर्ष वा सो भन्दा बढि बर्षका नागरिकहरुको लागि नेपालएसबिआई बैंकले प्रस्तुत गरेको छ नेपालएसबिआई वरिष्ठ नागरिक बचत। न्युनतम मौज्दात रु. ५००/– माखोल्न सक्ने यस खातामा ४% को दरले दैनिक मौज्दातमा ब्याज प्राप्तगर्न सकिन्छ। यस बाहेक वरिष्ठ नागरिकहरुले यस सेवा अर्न्तगत निम्न सुबिधापाउन सक्नुहुनेछ।
- जतीसुकै पनि रकम जम्मा गर्न र निकाल्न सकिने।
- लकर सेवा शुल्कमा ५०% छुट।
- सम्पूर्ण किसिमको रेमिटेन्स सेवामा ५०% छुट (कमिशन र एक्सचेञ्जबाहेक)
- भारतयात्रा कार्डको कमिशनमा ५०% छुट।
- निशुल्कखाताबिबरण प्रदानगरिने।
- निशुल्कअन्तर शाखा बैंकिङ्ग।
- निशुल्क नेपालएसबिआई डेबिटकार्ड।
- निशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा।
- निशुल्क चेकबुक।
त्यसैगरी, यस योजना अर्न्तगतका ग्राहकमहानुभावहरुले प्रकाशित ब्याजदरमा मुद्दती खाता खोली, उक्त रकममा प्राप्तहुने ब्याज मासिक रुपमा बरिष्ठ नागरिक खातामा प्राप्तगर्न सक्नुहुनेछ ।
यो खाता नेपालएसबिआई बैंकको कुनै पनि शाखामा खोल्न सकिन्छ। यस सेवा अर्न्तगतका सुबिधा/छुट प्राप्तगर्न सम्पूर्ण कारोवारहरु सोही खाताबाट संचालन हुनु पर्ने छ।
|