बिक्री नभएको हकप्रद शेयर बिक्रीको सुचनायस बैंकको हकप्रद शेयरको लागि २०६६ साल पौष १४ गतेबाट माघ १८ गतेसम्म बिक्री खुल्ला गरी आवदेन माग गरिएकोमा जम्मा ७९७९०।१९ कित्ता शेयर खरिदको लागि आवेदन नपरेकाले नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बैंक तथा वित्तीय संस्था नियमन विभागको इ. प्रा. निर्देशन १०।०६७ को बुँदा नं. २०.१.ग. तथा धितोपत्र निष्काशन निर्देशिका, २०६५ को दफा ७ को उपदफा -८) को प्रावधानलाई आधार मानि उक्त शेयरहरु बोलकबोल बढाबढ गरी बिक्री गर्ने यस बैंकको संचालक समितिको निर्णयानुसार उक्त शेयरहरु खरीद गर्न इच्छुक व्यक्ति,
कम्पनी, संघ, संस्थाहरुले मिति २०६७/०८/०७ गते अपरान्ह ४:०० बजे भित्र नागरिक लगानी कोषको कार्यालय नयाँ बानेश्वर, का माण्डौमा आईपुग्ने गरी उक्त शेयरहरु प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसीलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरिन्छ ।